२०८१ बैशाख १० गते सोमवार

रोटरी र रोट्रयाक्ट क्लव समाजका लागि सुख दुःखको साथी बन्न सक्नु पर्छ – बिमल रिजाल

निरला अर्याल,तुलसीपुर, असोज १३ । रोट्रयाक क्लव अफ तुलसीपुरको आयोजना तथा रोटरी क्लव अफ तुलसीपुर र इनट्रयाक क्लबहरुको सहयोगमा अन्तर विद्यालय दौड प्रतियोगिता शनिबार तुलसीपुरमा भएको छ ।

प्रतियोगिता सुरु हुनु भन्दा पहिले कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान जोन २३ का एसिस्टेन्ट गभर्नर तथा रोटरी क्लब अफ तुलसीपुर पूर्व अध्यक्ष विमल रिजालले रोटरी र रोट्रयाक्ट क्लवले समाजमा धेरै सामाजिक काम गर्दै आइरहेको र भविश्यमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए ।

‘ यी समाजिक क्लवहरुले जहाँ अभाव, दबाब र जोखिम छ त्यही ठाउँमा पुगेर आवश्यकता अनुसार लक्षित कार्यक्रमहरु गर्दै आएको छ,’ रिजालले भनेका थिए ‘ हाम्रो उदेश्य समाजिक उत्तरदायित्व वहन गर्नु पर्छ भन्ने नै हो ।’

तुलसीपुरका प्रतिष्ठित ब्यबसायी समेत रहेका रिजालले क्लव जीवनको अभिन्न अंग तथा सुख दुःख को साथी बनेर जनप्रतिनिधि पुग्न नसकेको पुग्न आवश्यक रहेको बताए ।

समाजमा शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण तथा खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आइरहेका यि क्लवले यस पटक विभिन्न विद्यालयमा अध्यनरत बालबालिको बीचमा दौड प्रतियोगिता राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष पवन योगीले खेलप्रति अभिरुचि पैदा गर्न, स्वस्थ्य रहन, अनुशासित बन्न अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना गरिएको बताएका थिए ।

रोट्रयाक क्लव अफ तुलसीपुरको अध्यक्ष इनुप भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी मध्य आईडियल ईंग्लिश बोर्डिङ स्कूलकी छात्रा एलिस बुढा मगरले खेल राष्ट्र र स्वास्थ दुबैको लागि अपरिहार्य रहेको बताइन ।
गोरखा स्कूलमा अध्यनरत विजय कुँवरले पढाइ संगसँगै खेलकुदमा पनि युवा जोडिनु जरुरी रहेको बताए ।
कार्यक्रमको सहजिकरण रोट्रयाक्ट क्लव अफ तुलसीपुरको महासचिव किरण पुनले गरेका थिए ।

प्रतियोगिता गोरखाले जित्यो

आयोजित दौड प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फ गोरखा माध्यामिक बिद्यालय तुलसीपुरले जितेको छ । छात्र तर्फ गोरखा माविका विजय कुँवर प्रथम हुँदा महेन्द्र माविका सुजन भण्डारी दृतिय र सप्तरंगीका टंक डाँगी तृतीय भए ।

त्यस्तै छात्रा तर्फ गोरखाकी मोती कला डाँगी प्रथम , गोर्खा कै विष्णु ओली दितिय र हाम्रो पहुंच माबिकी विपना बस्नेत तृतिय स्थान हासिल गरेका थिए ।
दौड प्रतियोगितामा १३ बढी विद्यालयको सहभागिता थिए । प्रतियोगिता ६७ जनाले प्रतिष्पर्धा गरेका थिए । तुलसीपुरको बाहिनी चोकबाट सुरु भएको प्रतियोगिता स्टार चोक हुँदै हेमराज धिताल मार्ग भइ पुन मिडिया चोकमा पुगी समापन भएको थियो ।

तस्बिर : निराजन डागि ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *