तुलसीपुर,असोज १३ । राप्ती बिस्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुरको २६ औं वार्षिक साधारण सभा भएको छ । संस्थाले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि २६ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले संघिय स्तरमा सहकारीको ऐन नियममावलि संसोधन गर्ने चरणमा रहेको र प्रदेश सरकारले पनि सहकारी संस्थाहरु र सदस्यहरुको बचत सुनिश्चत हुने ढंगले ऐन संसोधन गर्ने र ठगी गर्ने व्यक्तीहरुलाई कारवाही गर्ने तयारी थालेको बताए । उनले सहकारी क्षेत्रको सुधारका लागि सबैभन्दा पहिलो जिम्मेवार व्यक्तीहरु सुध्रन आवश्यक बताए ।
उनले सरकारले निमार्ण गरेका योजनाहरु संविधानमा सहकारीलाई एउटा आर्थिक मेरुडण्ड र खम्बाको रुपमा परिभाषित गरेता पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको उल्लेख गरे । ‘जसरी पानी सफा हुनका लागि मुल सफा हुनुपर्छ त्यसरी नै सहकारीहरु राम्रो बन्नका लागि सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण क्लियर हुनुपर्छ,‘उनले भने । ’
सहकारीलाई व्यवस्थापन,सेवा,प्रवृति र गुणस्तर गरि ४ क्षेत्रमा वर्गिकरण गरिएको उनले बताए । उनले सहकारी संस्थालाई उद्योगको रुपमा दर्ता गर्ने विषयमा छलफल भैरहेको बताए । साथै उनले पछिल्लो समय सहकारीको नाममा ठगी गर्दै हिड्ने प्रवृति बढ्दो क्रममा रहेको भन्दै यसप्रति सचेत भई आफुले गर्ने थोरै धेरै बचत चिनेर, बुझेर,सोचेर गर्न आग्रह समेत गरे ।
राप्ती बिस्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी सघका सचिव रुप बहादुर खत्रीले सहकारी समुदायमा आधारित हुनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले सहकारीलाई ओझेलमा पारेको भन्दै आपत्ती जनाए ।
त्यस्तै जिल्ला सहकारी सघ दाङका महासचिव शुक्रराज भण्डारीले सहकारीको माध्यमबाट देशलाई आर्थिक रुपमा बलियो बनाउन सकिने बताए ।
कार्यक्रममा जिल्ला बचत सघंका दाङका अध्यक्ष बिमल अधिकारी, नेफस्कुन फिल्ड कार्यालयका इन्चार्ज बिष्णुदत्त जैसी, राप्ती विस्वासी बचत तथा ऋण सहकारी संस्थाका पुर्ब अध्यक्ष एब सल्लाहकार मान बहादुर डाँगी, पुर्ब अध्यक्षहरु सुरेन्द्र खडका,हेमन्त कुमार योगी,राष्ट्रिय सहकारी बैक तुलसीपुर शाखा अध्यक्ष अजय रोकाय,पुरन्धरा महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष दिपा केसी,संस्थाका सेयर सदस्यहरु देबा डाँगी,प्रसाराम भुसाल लगाएतले पछिल्लो समय विभिन्न सहकारी सस्थाका सन्चालकहरु रकम हिनामिना गरि फरार रहेका समाचारहरुले संस्थाका सेयर सदस्य,बचतकर्ताहरु हतोत्साहित हुन पुगेको भन्दै यसबाट आफ्ना सदस्यहरुलाई सतर्क गराउनुपर्ने बताए ।
उनीहरुले संस्थालाई सहकारी अभियानको रुपमा लिदै गर्दा उत्पादन गर्ने सस्थाको रुपमा पनि स्थापित गर्नतर्फ जोड दिनुपर्ने बताए । त्यस अवसरमा लेखा सुपरिवेक्षण समितिका सयोगक गुरु प्रसाद योगीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
राप्ती बिस्वासी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रन्जन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव हेमराज गौतम र तेज प्रसाद आचार्यले गरेका थिए ।
साथै वार्षिक साधारणसभाको अबसर पारी संस्थाले रफिकोल स्मारिका प्रकाशन समेत गरेको छ । राप्ती बिस्वासी बचत तथा ऋण सहकारी संस्थामा हाल ३ हजार ३ सय ३ जना सेयर सदस्यहरु छन ।