२०८१ चैत्र १४ गते बिहिवार

सल्यान जीप दुर्घटनामा परि २ जनाको मृत्यु, १४ घाइते

दाङ, असोज १३ । सल्यानमा जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । थप १४ जना घाइते भएका छन ।

दुर्घटनामा परि शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए ।


शुक्रबार बेलुकी पाँच बजेतिर भएको सफारी दुर्घटनामा मेला हेरेर फर्किदै गरेकाहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका घाइते सेजवाल र बोहराको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी कार्कीले बताए ,

बेलुकी ब ५ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप दुर्घटना परेको थियो ।


शारदा – १५ की ५७ बर्षीया पेमला भण्डारीलाई थप उपचारका लागि सुर्खेतमा रिफर गरिएको प्रहरीले बताएको छ ।

अन्य १३ जना घाइतेको जिल्लाका बिभिन्न अस्पतालहरुमा भइरहेको छ ।


जीप सडकदेखि झन्डै ६० मिटर तल खसेकोे छ । दुर्घटनाको कारण खुली नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *