२०८० मङ्सिर २२ गते शुक्रवार

ट्राफिकको गोजीमा साढे ४ सय राखिदिएपछि …

दाङ, असोज १२ । ट्राफिकको गोजीमा सुटुक्क साढे चार सय रुपैंया राखिदिने एक ब्यक्ति पक्राउ परेका छन् । उनले घुस स्वरुप त्यो रकम ट्राफिकको गोजीमा राखिदिएका थिए ।

यो घटना बिहीबार दिउँसो चार बजेतिर रोल्पामा घटेको थियो ।
जतिखेर रोल्पा नगरपालिका – १ बामरुक स्थित लिवाङ सातदोवाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलाएका थिए ।


लु १ प ४०९१ नम्बरको मोटरसाइकल दुई जना सवार थिए ।
ट्राफिकले चालक संग सवारी चालक अनुमति पत्र मागे ।
चालकले दिन सकेनन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका – ३ मिझिङका २६ बर्षीय दीपक बिष्टले मोटरसाइकल चलाइ रहेका थिए । पछाडि मिझिङकै ३२ बर्षीय टंकबहादुर घर्ती सवार थिए ।


अनुसन्धानबाट दीपकले सवारी चालक अनुमति पत्र नै प्राप्त नगरी मोटरसाइकल चलाइ रहेको तथ्य खुल्यो ।

ट्राफिक प्रहरीका सहायक हवल्दार घरम बस्नेतले मोटरसाइकल नियन्त्रणमा लिए । बस्नेतले मोटरसाइकल छोड्न मानेनन् ।

यो सबै नियाली रहेका टंकबहादुरले पछाडिबाट सहायक हवल्दार बस्नेतको खल्तीमा सुटुक्क चास सय ५० रुपैंया राखिदिए । त्यो रकम मोटरसाइकल छोड्नका लागि घुस स्वरुप थियो ।

त्यसपछि प्रहरीले घर्तीलाई नियन्त्रणमा लियो । ट्राफिकलाई घुसबाफट रकम दिन खोजेको भन्दै उनीमाथि मुद्दा चलाउने तयारी प्रहरीको छ ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देबिराम भण्डारीले कसुर अनुसार मुद्दा चलाइ घर्तीलाई कानुनी बमोजिम कारबाही हुने बताए ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *