दाङ,असोज १२ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ कोठरीमा बस्दै आएकी कुमारी रोका बिहीबारदेखि सम्पर्क विहीन भएकी छिन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं। १ कुसुम घर भएकी ७३ वर्षीया रोका विगत ७ महिनादेखि कोठरीमा छोरीको घरमा बस्दै आएकी थिइन् ।
बिहीबार बिहान ६ बजेको समयमा घरमा कसैलाई केही नभनी निस्किएको र अहिलेसम्म कहा गएको भनि कुनै पत्ता नलागेको उनका छोरा सागर रोकाले जानकारी दिए ।
सबै आफन्तकोमा बुझ्दा कतै पनि नगएको र अहिलेसम्म आमाको बारेमा केही पत्ता नलागेको रोकाले बताए ।
आमाको स्वास्थ्य अवस्था समेत ठिकै रहेको उनले बताए । साथै रोकाले आफ्नो आमालाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालय अथवा ढडद्धढठठद्धद्धछद्द नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार