२०८१ बैशाख १३ गते बिहिवार

मोटरसाइकल जलाएको आरोपमा घोराहीमा एक महिला पक्राउ

तुलसीपुर, असोज ११ । लेनदेनको बिषयलाई लिएर मोटरसाइकल जलाएको आरोपमा एक महिला पक्राउ परेकी छन ।

घोराही उपमहानगरपालिका –१० की ३२ बर्षीया मिना चौधरी पक्राउ परेकी हुन । प्रहरीले मिनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
मिनाले लेनदेनको बिषयलाई लिएर १८ पुष्पाञ्जली टोलका बिराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगजनी गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।

लेनदेनको बिषयलाई लिएर मिनाले बिराजको मोटरसाइकल जलाएको भन्ने खबर स्थानीले दिएको प्रहरी बताउँछ ।

स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइ रहेको बताएको छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *