२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरबाट सुरु भयो सडक मर्मतको काम

तुलसीपुर, असोज ११ । तुलसीपुर – घोराही सडक खण्ड मर्मत सुरु गरिएको छ । साबिक जस्तै गरि दुई लेनमा मात्रै सडक मर्मत हुने छ ।

असार १८ गते सडक मर्मतको लागि ठकेदार कम्पनी संग संझौता भएको थियो । असोज मसान्तसम्म साबिक दुई लेनमा सडक मर्मत तथा कालोपत्रेको काम सक्ने संझौता छ ।

त्यही अनुरुप पहिलो चरणमा तुलसीपुरको हात्तीखौवादेखि सेवार खोलासम्मको काम सुरु भएको हो ।

तुलसीपुरको हात्तीखौवादेखि सेवार खोलासम्मको १३ किलोमिटर सडक मर्मतको कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले एक करोड १६ लाखमा लिएको छ ।

सडक डिभिजनले २४ किलोमिटर सडक मर्मत गर्न दुई खण्डमा बिभाजन गरेको छ । सेवार खोलादेखि पूर्व कुइरेपानीसम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले एक करोड ४२ लाखमा काम सकारेको छ । उस्ले पनि काम सुरु गरि सकेको छ । कुल दुई करो ५८ लाखमा सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रशाद अधिकारीले जानकारी दिए ।

यअसघि २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो। भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो ।

तर, त्यो भारतीय कम्पनी आँफै काम गर्न भनेर कहिलै नेपाल आएन । उस्ले पेटी ठेकेदारका रुपमा अगाडि सारेका आठ जना ठेकेदार कसैले काम गर्न सकेनन् । चार लेन सडक बनाउने नाममा सडक भत्काउन आठ करोड खर्च भइ सकेको थियो । आज त्यही सडक पाँच बर्ष पहिले जस्तै दुई लेनको रुपमा मर्मत गर्न थालिएको हो ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *