२०८१ माघ ३० गते बुधवार

संस्कृत विश्वविद्यालय र कानपुर विश्वविद्यालयबीच शैक्षीक सहकार्यको सम्झौता

कानपुर (भारत), असोज ११ । भारतको उत्तर प्रदेश कानपुरस्थित छत्रपति साहुजी महाराज विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयबीच शैक्षीक सहकार्यको सम्झौता भएको छ ।

बुधबार कानपुर विश्वविद्यालमा आयोजित एक बिशेष समारोहमा ज्ञानको आदान प्रदान, अध्ययन अनुसन्धानमा सहकार्य, बिभिन्नअन्तराष्ट्रिय गोष्ठी, सेमिनारहरु आयोजना, संयुक्त शैक्षिक कार्यक्रमहरु तयार गर्ने लगायतका बिभिन्न बुँदाहरुमा सम्झौता सम्पन्न भएको छ ।

कानपुर विश्वविद्यालयको ३८ औं दिक्षान्त समारोहको अवसर पारी उक्त सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा कानपुर विश्वविद्यालयका कुलपति प्राध्यापक विनय कुमार पाठक र संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापकयादव प्रकाश लामिछानेले हस्ताक्षर गरेका छन ।

उक्त कार्यक्रममा विश्व संस्कृत सम्मेलन आयोजक समितिका संयोजक एवं नेसंविअनुसन्धान केन्द्रका पूर्व निर्देशक डा.कांशीनाथ न्यौपाने, नेसंविका तर्फबाट सम्झौता कार्यान्वयन समितिका संयोजक एवं अन्तराष्ट्रियसम्बन्ध समन्वयकर्ता डा. प्रेमराज न्यौपाने, कानपुर विश्वविद्यालयका तर्फबाट संयोजक डा. प्रभात कुमार द्विवेदी, नेसंवीका उपप्राध्यापकदुर्गालाल केसी, उपकुलपति कार्यालयका उपप्रशासक विनयकुमार पोख्रेल र लेखा अधिकृत कमल पोख्रेलको सहभागिता थियो ।

सम्झौता कार्यक्रममा बोल्दै कानपुर विश्वविद्यालयका कुलपती पाठकले यस सम्झौताबाट नेपाल र भारतबीच शैक्षिक सहकार्य रविकासको ढोका खुलेको बताए ।

उनले अब दुवै विश्वविद्यालय मिलेर ज्ञानको आदानप्रदान र अध्ययन अनुसन्धानका कामहरू अघिबढाईने बताए ।

यसैगरी संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछानेले संस्कृत शिक्षा र पूर्वीय दर्शनको विकासमा यो सम्झौतालेमहत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

नेपाल र भारतबीच शैक्षिक, प्राज्ञिक उन्नयनमा सहकार्य गर्न पाउनु गौरवको बिषय भएकोउनले बताए ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *