२०८० मङ्सिर १६ गते शनिवार

मुख्यमन्त्री चौधरीद्वारा नविना थारुको सालिक अनावरण

दाङ,असोज १० । वन्यजन्तु पिडित नविना थारुको सालिक अनावरण गरियको छ । बुधवार लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सालिक अनावरण गरेका हुन ।

शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले नविना थारुलाई सहिद घोषणा गर्न केन्द्र सरकार समक्ष पहल गर्ने बताए । प्रदेश सरकारले सहिद घोषणा गर्न नपाउने बताउदै उनले प्रदेश सरकारले पहल गर्ने बताए ।

केन्द्र सरकारले नविनाको परिवारलाई दिने भनेको २० लाख राहत रकम मध्ये ८ लाख बाकी रहेको परिवारले जानकारी दिएको बताउदै बाँकी रकम तत्कालै निकासा गर्न लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकार समक्ष पहल गर्ने उनको भनाई थियो ।

मुख्यमन्त्री चौधरीले वन्यजन्तु नियन्त्रणका लागि प्रदेश सरकारले नितिगत निर्णय गरि आगामी दिनमा यस्ता खालका घटना हुन नदिन आफ्नो प्रयास रहको बताए ।

उनले यस्ता वन्यजन्तु पिडित परिवारका बालबालिकाहरुको निशुल्क उच्च शिक्षाको लागि विद्यालयहरुसँग छलफल गर्ने बताए । उनले भने,’सबै पिडित पिरवारलाई जागिरको व्यवस्था गर्न नसकियला तर आयआर्जन गर्न सक्ने कार्यक्रम प्रदेश सरकारले सन्चालन गर्ने छ ।’

बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा २०७९ जेठ २३ गते वन्यजन्तु पीडितहरुले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी विच भयको झडपमा प्रहरीको गोलि लागी उनको मृत्यू भयको थियो ।

बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आक्रमणबाट स्थानीय बासिले ज्यान गुमाउनुपरेको भन्दै स्थानियले प्रदर्शन गरेका थिउ ।

त्यस्तै अनावरण कार्यक्रम तथा पार्क सिलन्यास कार्यक्रममा बोल्दै नेपालि काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले वन्यजन्तु द्वन्द दिर्घकालिन रुपमा न्यूनिकरणका लागि प्रदेश सरकारसँग आवस्यक वजेटकालागि पहल गर्ने बताए ।

बर्दियाका जनतालाई वन्यजन्तुबाट सुरक्षित राख्न हरेक क्षण प्रयासरत रहेको उनले बताए ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *