२०८१ असोज २४ गते बिहिवार

घोराहीले कृत्रिम जलाशयहरूलाई पर्यटकीय गन्तव्य बनाउने

घोराही,असोज १० । घोराही उपमहानगरपालिका भित्र रहेका जलाशयहरूलाई पर्यटकीय गन्तव्य बनाउने भएको छ । विश्व पर्यटन दिवसका अवसरमा उपमहानगरपालिकाले कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरि पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेको हो ।

नगर स्तरीय पर्यटन तथा संस्कृति प्रबर्द्धन समितिले नगरले बनाएका ति कृत्रिम जलाशयहरूलाई प्रचार प्रसारमा ल्याउने गरि पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेको हो ।

नगर उपप्रमुख हुँमा कुमारी डिसी, समितिका संयोजक रमेशकुमार पाण्डेय, पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल, पर्यटन शाखाका प्रमुख बालकृष्ण खनाल, पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम सहित कर्मचारी, पत्रकारहरूको टोलीले बुधबार आधा दर्जन कृत्रिम जलाशयहरूको अध्ययन अवलोकन गरेको छ ।

अहिले ति जलाशयबाट किसानहरूले सिँचाइ गरिरहेका छन् भने स्थानीयहरूले माछा पालन गर्दै आएका छन् ।

त्यसैगरी पर्यटन प्रबर्द्धन गर्दै गन्तव्यका रुपमा विकास गर्न डुंगा सञ्चालन गर्ने, घुम्न, रमाइलो गर्न, फोटो खिच्ने गरि पूर्वाधारहरू तयार पारेर आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बनाउने योजनाका साथ दिवसलाई मनाइएको शाखा प्रमुख बालकृष्ण खनालले जानकारी दिए ।

टोलीले चेपे, चरिंगे, ढिकपुर, कर्जाही र गुलरिया जलाशयको अध्ययन र अवलोकन गरेको छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *