बर्दिया,असोज १० । बर्दियामा पर्यटकहरुलाई ढाकाटोपी लगाएर स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विभिन्न देशबाट आएका विदेशी पर्यटकलाई स्वागत गरेका छन ।
४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार बर्दियामा आएका पर्यटकलाई मुख्यमन्त्री चौधरीले स्वागत गरेका हुन ।
उनीहरु साइकल यात्राको लागि नेपाल आएका हुन । उनीहरुलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विना भट्टराई लगायतले पनि स्वागत गरे ।
विशेषत ः बर्दियामा बाघ, हात्ति, गैंडा, लगायतका जंगली जनावर हेर्न पर्यटकहरु आउने गर्दछन ।
यसैबिच पर्यटन दिवसका अवसरमा बुधबार ठाकुरबाबा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
ठाकुरबाबा नगरपालिका र पर्यटन परिषद् लुम्बिनीको आयोजनामा ठाकुरबाबा – ९ मा पर्यटन दिवस अवसरमा औपचारिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।