२०८३ कार्तिक २६ गते बुधवार

३ करोड ४१ लाख लागतमा अमृतपुर खानेपानीको फिल्टर ट्याङ्की निमार्ण गरिदैँ

तुलसीपुर,असोज १० । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको फिल्टर ट्याङ्कीको सिलन्यास गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नमुनानगरमा निमार्ण हुन लागेको उक्त फिल्टर ट्याङ्कीको बुधवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सिलन्यास गरेका छन ।

सिलन्यास पश्चात ट्याङकी निमार्णको काम सुरु गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले मुहान देखि मुखसम्म शुद्ध पानी खुवाउने अभियानको सार्थक परिणाम आउने गरि योजना सम्पन्न गरिरहेको बताए ।

उनले हरेक नागरिकलाई शुद्ध पानी खुवाउनका निम्ती लक्ष्य अनुरुप अघि बढेको बताए । उनले खानेपानीको फिल्टर ट्याङकी निर्माण भैसकेपछि वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने समेत विश्वास व्यक्त गरे ।


संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्ज अन्तरर्गत कुल लागत ३ करोड ४१ लाख ८७ हजार ५ सय ८१ रुपैयामा खानेपानीको फिल्टर ट्याङ्की निमार्ण गर्न लागिएको अमृतपुर खानेपानी संस्थाका सचिव दशरथ वलिले जानकारी दिए ।

उक्त आयोजनाले ०८१ साउन ६ गतेभित्रमा काम सम्पन्न गरिसक्नुपर्ने छ ।


सो ट्याङकी निमार्ण भएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ३,९ र ८ का २५ सय बढी उपभोक्ताहरु लाभान्वित हुने सचिव वलिले बताए ।


अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।


साथै जलजला–जलजला मल्टीविजनेश जेभी रोल्पाले खानेपानी फिल्टर ट्याङकी निमार्णको जिम्मा लिएको छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *