२०८३ कार्तिक २६ गते बुधवार

११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

अर्घाखाँची,असोज १० । अर्घाखाँचीमा ११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अर्घाखाँची मालारानी गाउँपालिका ९ घर भैइ हाल सन्धिखर्क नगरपालिका २ चुत्रावेशी बस्ने २१ वर्षिय रामबहादुर पुनलाई पक्राउ गरेको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपेन्द्र रावलले जानकारी दिए ।

पुनले ११ वर्षिया बालिकालाई सन्धिखर्क नगरपालिका २ श्री गंगा मा।वि। स्कूल नजिकैको झाडीमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

बालिकालाई पुनले असोज ७ गते करणी गरेका थिए । करणी गरेको जाहेरी प्रहरीमा आएको भोलिपल्ट ९८ असोज० पक्राउ गरिएको थियो ।

पुनलाई पक्राउ गरी करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *