दाङ,असोज १०। काठ्माण्डौबाट रोल्पाका लागि छुटेको बस दुर्घटनामा परेको छ ।
नमस्ते आशिर्वाद यातायात सेवा प्रालिको ना ५ ख ६१२५ नम्बरको बस बुधबार बिहान साढे पाँच बजेतिर कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका बसमा चालक र यात्रु सबै सकुशल रहेका छन् ।
चालक निदाएर दुर्घटना भएको हुन सक्ने कपिलवस्तु प्रहरीले जनाएको छ । पछिल्लो समय दैनिकजसो सवारी दुर्घटना हुन थालेका छन् ।
प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
