२०८० मङ्सिर १७ गते आइतवार

सल्यान जिप दुर्घटना : मृतक दुवै जनाको सनाखत (अपडेट )


तुलसीपुर,असोज ८ । रोल्पाबाट दाङतर्फ आउँदै गरेको तरकारी बोकेको जिप दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुने दुवै जना दाङका रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी चालक तुलसीपुर-१८ का २६ वर्षिय भक्त बहादुर घर्ती र गाडी धनि ५० वर्षका गणेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का ३८ वर्षको नारायण योगी घाइते भएका छन । उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार रोल्पाबाट दाङ तर्फ तरकारी बोकी आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सोमबार बिहान राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो ।

जिप अनियन्त्रित भई सडकबाट करिब ३५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *