दाङ, असोज ८ । सल्यानमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।
घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका – २ का ३५ बर्षीय नारायण योगि रहेको सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
घाइते डाँगीलाई कपुरकोटमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि दाङको तुलसीपुर तर्फ ल्याउन थालिएको छ ।
मृतक दुबै जना पुरुष्को सनाखद हुन बाँकी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका – ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।
जीप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
घटना बारे बिहान सवा ६ बजेतिर प्रहरीलाई स्थानीयले सूचना दिएका थिए ।