लक्ष्मण बस्नेत,
तुलसीपुर दाङ, बैशाख १८ । तुलसीपुर उपमहानगरपालिका वडा न १५ युवा क्लबको आयोजनामा संचालित दाङ जिल्ला स्तरिय युथ कप फुटबल प्रतियोगिता २०७६ को उपाधी स्कुल स्पोर्ट्स फुटबल एकाडेमिले हात पारेको छ।
स्थानिय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको फाईनल खेलमा युनाईटेड युथ क्लब लाई ट्राईबेकरमा २ का विरुद्ध ४ गोल अन्तरले स्तब्ध पार्दै स्कुल स्पोर्ट्स फुटबल एकाडेमिले उपाधी उचालेको हो।
उल्लेख्य दर्शकका बिच तुलसीपुर १५ कोठरी खेल मैदानमा बुधबार भएको कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म दुबै टिमले गोल गर्न नसकेपछी खेलको नतिजा ट्राईवेकरमा निकालिएको थियो ।
उपाधी सगै उसले नगद ५० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजित युनाईटेड भने उपबिजेतामा सिमित रहदै नगद २५ हजार,ट्रफी,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै प्रतियोगिताको ब्यक्तिगत बिधा तर्फ खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य बेस्ट प्लेयर युनाईटेड युथ क्लबका लेखनाथ महर, बेस्ट डिफेन्स एस एस एफ का ठाकुर प्रसाद नेपाली, बेस्ट किप्पर एस एस एफका सन्तोष बुढाथोकी, बेस्ट फर्वाड एस एस एफकै सोप्निल कुमाई र बेस्ट मिडफिल्डर बिहानी युवा क्लबका सबिन तामाङ लाई घोषित गरियो।
बैशाख १२ गते देखि संचालित प्रतियोगितामा जिल्लाका १०टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक तुलसिपुर १५ का अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता तथा जिल्ला युवा समिती दाङका अध्यक्ष सुरेश रावतको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका वडा न १५ का अध्यक्ष लक्ष्मण चौधरी र दाङ जिल्ला फुटबल सघका बरिस्ठ उपाध्यक्ष भानु बिक्रम राणाको बिशिस्ट आतिथ्यमा भएको थियो। कार्यक्रमको संचालन खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।