२०८३ असार २९ गते सोमवार

लमही नगरपालिकाले दियो दुई दिन अट्वारी बिदा

लमही,असोज ७ । लमही नगरपालिकाले आ‌इतबार र सोमबार गरी दुई दिन अट्वारीको स्थानीय बिदा दिएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर थारुहरूको महान चाड अट्वारीको दुई दिने बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

यस अघि भदौ ३१ गते औंशीपछिको पहिलो आइतबार अट्वारी पर्व मनाइएको थियो। तर, लमही नगरपालिकाले तीजपछिको पहिलो आइतबारलाई अट्वारी पर्व मानेर असोज ७ र ८ गते स्थानीय बिदा दिएको हो।

विगतका वर्षहरूमा पनि देउखुरी क्षेत्रमा अट्वारी पर्व मनाउने विषयमा थारु समुदायको बीचमा फरक-फरक मान्यता रहेको देखिएको थियो। त्यो मान्यता यसपटक पनि देखिएको छ।

पर्व मनाउने बारे धारणामा एकरूपता ल्याउन बाँकी देखिएको छ। गएको भदौ ३१ गते लुम्बिनी प्रदेश सरकारले सम्वन्धित समुदायको लागि सार्वजनिक बिदासमेत दिएको थियो।

गढवा गाउँपालिकाले पनि आजलाई एक दिन अट्वारी पर्वको स्थानीय बिदा दिएको छ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *