२०८३ असार ३० गते मङ्गलवार

तुलसीपुरमा सडकमा रात बिताउने दुइजनाको उद्धार


निरला अर्याल,तुलसीपुर,असोज ७ । तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने २ जना सडक आश्रित लाई उद्धार गरिएको छ ।

मानव सेवा आश्रम तुलसीपुरकाे अगुवाइमा सडक पेटीमा रात बिताउने मानव हरुको उद्धार गरिएको हो ।

दिउँसोको समयमा खोज्न गाह्रो हुने भएकोले राती सुतेको अवस्थामा उदार गर्न सजिलो हुने भएकोले रातीको ९ बजे पछि सडक पेटी चाहरदै सडक आश्रित हरुको उद्वार मा हिँडेको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बताए।

शनिबार सल्यान कपुरकोट घर बताउने अन्दाजी ७०/७५ वर्षका लाल बहादुर ओली लाई तुलसीपुर को बसपार्क क्षेत्र बाट उदार गरिएको हो ।

१० छोरी र ५ जना छोरा बताउने वलि मानसिक रूपमा असन्तुलन भएको देखिन्छ । काई परेका खुट्टा, वर्षौ सम्म ननुहाएको शरीर ले सडकको झल्को दिइरहेको थियो । लगाउन नदिएपछि गल्ली र चोकहरुमा माग्दै खाँदै हिँडेको हो वलीले भने ।

यस्तै तुलसीपुर ६ बरुवागाऊ घर बताउने ३२ वर्षीय मोहन चौधरी लाई घोराही रोड बाट सडक पेटीमा सुतिरहेको अवस्थामा उद्वार गरिएको हो । चौधरीले आमाको मृत्यु पश्चात सडकमा रात बिताउँदै आएको जानकारी दिए ।

पश्चिम दाङ घर बताउने सोही ठाउँमा आश्रम लिएका सुदन रेग्मीले आफ्नो श्रीमतीको मृत्यु पश्चात आफू भौतारिएर हिँडेको बताएका छन् ।

प्लास्टिकको झोलामा पुराना देखिने कपडा एक दुई जोर, आँखामा राख्ने औषधि लगायत केही सामान साथमा राखेर सुतेका थिए भने सुत्नको लागि बोकेको लत्ता कपडा पनि फेला पारिएको थियो । उनी खान बस्न पाइन्छ भनेपछि खुसी हुँदै मानव सेवा आश्रममा जान राजी समेत भएका थिए ।

अबस्था बुझ्दा उनी धेरै महिना बाट सडकमा बसेको बुझिएको छ । मानव सेवा आश्रमले जुनसुकै समयमा सडक पेटीमा रात बिताउने हरुको उदार गरेपनि शनिबार भने विशेष उदार अभियान सञ्चालन हुने गरेको आश्रमका संयोजक हिरु जोशीले बताए ।

देशका १९ ओटै शाखा हरुबाट शनिबार विशेष उदार अभियान एकै समयमा हुने गरेको समेत जानकारी दिए।

विविध कारणले खुल्ला आकशमुनि रात बिताउने हरुको लागि उदार गर्न जुनसुकै समयमा जानकारी गराउन जोशीले अपिल गरेका छन ।

अहिले आश्रममा ६५ जना रहेका छन् । मुठी मुठ्ठीको सहयोगले धेरै पुण्य काम भएको हुनाले सहयोगी हातले साथ दिन प्रमुख जोशीले सम्पूर्णमा आग्रह गरे

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *