२०८० मङ्सिर २२ गते शुक्रवार

बेलटाकुरामा दिनदाहाडै अन्धाधुन्द खुकुरी प्रहार, घटनास्थलमै एक महिलाको हत्या,आमा छोरा गम्भीर

तुलसीपुर , असोज ६ । दाङको तुलसीपुरमा दिनदाहाडै एक ब्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गरि एक महिलाको हत्या गरेका छन् भने आमा छोरा गम्भीर घाइते छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ३९ बर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो सवा दुई बजेतिर घरबाट खुकुरी गरि घरमै बसी रहेकी छिमेकी ४३ बर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरि हत्य गरेका हुन ।

उनको घटनास्थलमै हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले जानकारी दिए ।खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ बर्षीया कमला (चन्द्रकुमारी) हमाल र उनका छोरा ४५ बर्षीय बीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।

कमलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ । उनका छोरा बीरबहादुरको भने यो खबर तयार पार्दासम्म तुलसीपुरमै उपचार भइ रहेको छ ।


डिएसपी पोखरेलका अनुसार देउता चढेको भन्दै घरबाट खुकुरी लिइ निस्केका टेकबहादुरले गाउँमा जो भेटिन्छ्न उनैमाथि अन्धाधुन्द खुकुरी प्रहार गरेका थिए ।

घटनाका आरोपित टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *