दाङ, असोज ६ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बिभिन्न मागसहितको ज्ञापन पत्र स्थानीय प्रशासनलाई बुझाएको छ ।
पार्टीका दाङ जिल्ला कार्यबहाक संयोजक नबिनले शुक्रबार प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेधीलाई भेटेर बिभिन्न २७ बुँदे माग समेटिएको ज्ञापन पत्र बुझाएका छन् ।
प्रजिअ सुबेदीलाई बुझाइएको ज्ञापन पत्रमा चाड पर्वको समयमा भारतबाट आउने फलफूल तथा तरकारीको बिषादी परीक्षण अनिबार्य गरिनु पर्ने, चाड पर्वको समयमा हुने जुवातास नियन्त्रण गर्नुपर्ने, सिट क्षमता भन्दा बढी यात्रु बोक्न छुट दिन नहुने जस्ता कुरा रहेको उक्त पार्टीका लुम्बिनी प्रदेश सदस्य अमर खड्काले जानकारी दिए ।
अन्य प्रमुख मागहरुमा लमही–घोराही–तुलसीपुर सडक खण्डको पुनः टेन्डर आह्वान गरि तत्काल काम सुरु गर्नुपर्ने, भूमिहीन सुकुमबासीलाई पूर्जा दिने नाममा पटक पटक पैंशा असुलेको भएपनि हालसम्म पूर्जा नदिएको हुँदा अबिलम्ब पूर्जा उपलब्ध गराउन,करका नाममा ब्यापारिलाई दिइदै आइएको दुःख सास्ति तत्काल रोक्न, सिमेन्ट उद्योगहरुले बर्षौंदेखि नतिरेको बिद्युत महसुशल तत्काल अशुल उपर गर्नुपर्ने जस्ता मागहरु समेटिएको प्रदेश सदस्य खड्काले बताए ।