तुलसीपुर, असोज ५ । शुक्रबार दिउँसो ठिक १ बजेर ४५ मिनेट जाँदा एउटा फोन आयो । सर, के, हाप पाइन्ट लगाए प्रहरी कार्यालय भित्र प्रेबश पाइदैन र ?
उनको कुरा अनौठो लाग्ने थियो । एक छिन म पनि अक्क न बक्क परे । र मैले फोन गर्ने ब्यक्तिलाई तत्कालै जबाफ दिए, पाइन्छ । हाप पाइन्ट – हाफ कट्टु) लगाएकै कारण आँफुहरु इलाका प्रहरी कार्यालय भित्र प्रबेश गर्न नपाएको कुरा गर्ने युवा अर्जुन शाही थिए ।
इप्रकाको प्रबेश द्धारको गेटमा बसेका प्रहरीले शाहीसहित हाप पाइन्ट (हाफ कट्टु) लगाएर त्यहाँ पुगेका तीन जना ब्यक्तिलाई इप्रका भित्र प्रबेश गर्न नपाइने भन्दै बाहिरै रोकि रहेका थिए । उनीहरुले लगाएका हाफ कट्टुहरु घुँडासम्म छोप्ने खाले थिए । ती कुनैपनि दृष्टिकोणले हेर्दा अस्लिल र असभ्य लाग्ने खाले थिएनन् ।
शाहीको जिकिर त्यही थियो ।
आँफुहरुलाई प्रबेशका लागि कार्यालय प्रमुखलाई भनिदिन शाहीले आग्रहपनि गरे । कुरा सामान्ने थियो । तैपनि , कस्लाई भन्नु ? इप्रका तुलसीपुरमा हालसालै सरुवा भएर कार्यालय प्रमुखका रुपमा डिएसपी ठाकुर पोखेर आएका थिए । उनलाई यो कुरा भन्न उति जाति मैले ठानिन ।
त्यसैले त्यो कुरा इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नबराज केसीलाई भन्ने सहज होला भन्ने ठाने । सेवाग्राहीको गुनासो बारे उनै संग कुरा गरे । प्रहरी निरीक्षक केसीले हाफ पाइन्ट लगाएर सेवा ग्राही भित्र प्रबेश गर्न नपाएको कुरा सुनेर आश्चर्य भाव प्रकट गरे । ‘त्यस्तो कानुन त कतै छैन होला’ उनको अनभिज्ञता थियो ।
काम बिषेशले गएका सर्वसाधारण ती सेवाग्राहीलाई भित्र प्रबेश दिन आग्रह गर्दा प्रहरी निरीक्षक केसीले आँफुले केही गर्न नसक्ने जनाउ दिए । बरु उनले कार्यालय प्रमुख अर्थात हालसालै सरुवा भएर आएका डिएसपी पोखरेललाई नै आग्रह गर्न सुझाय ।
त्यसपछि डिएसपी पोखरेललाई फोन सम्पर्क गर्न कर लाग्यो । पहिले अनौपचारिक कुरा भयो । अनि सेवा गा्रहीको गुनासो बारे कुरा भए । सर, के अबदेखि हाफ पाइन्ट (आफ कट्टु) लगाएका सर्वसाधारण सेवा ग्राही इप्रका भित्र प्रबेश नपाउने नियम बनाइएको हो ?
‘हैन, छैन होला, हाफ कट्टु लगाएको ब्यक्ति अफिसमा भने नछिरुन भन्ने नियम छ होला,’ उनले अगाडि भनेका थिए ‘ थोरै त सभ्यातापनि चाहियो नि हैन र ।’
तर, उनले लगतै त्यसरी आएका ब्यक्ति को हुन ? भनेर सोधे । डिएसपी आँफै थप सहज बन्दै प्रस्तुत भए । ती रोकिराखेका ब्यक्तिलाई आँफुलाई भेट्न भन्दिन आग्रह गरे । आँफै प्रबेश द्धारको गेटमा पुग्ने र उनीहरुलाई प्रबेश दिलाउने वाचा गरे ।
त्यसको केही बेर भित्रै ती शाहीले फोन गरे , ‘थ्याङ्कु सर, डिएसपी साप आँफै आएर हामीलाई इप्रका भित्र प्रबेश दिनु भयो ।’
सामान्ने घटना जस्तो लाग्ने यो कुरा सामान्ने भने होइन । प्रहरी प्रशासन आम मान्छेको पहुँचमा हुनु पर्छ । काम गर्दै गरेको ब्यक्तिपनि कहिले काँही गुनासो लिएर प्रहरीमा आउनु स्वभाविक हो । यस्तै अनेक प्रश्न मन भित्र उब्जिए ।
त्यतिखेर बुझ्दा जिल्ला प्रहरी प्रमुख रामबहादुर केसी देउखुरी क्षेत्रको कार्यक्रममा रहेछन् ।
हाफ कट्टु लगाएको सर्वसाधारण सेवाग्राहीले इप्रका भित्र प्रबेश नपाएको बारे मैले उनलाई पनि अबगत गराउँदा हाँसे । एसपी केसीले त्यस्तो नियम कतै नभएको प्रतिक्रिया दिए ।
‘ यस्तो नियम कतै छैन, अरुलाई देख्दै अप्ठेरो पर्ने कट्टु नै लगाएर को ब्यक्ति कार्यालयमा आउँछ होला र ? हाफ कट्टु लगाए त सामान्ने नै हो,’ एसपी केसीले भने ‘ एकदमै असोभनिय भए अर्कैकुरा , नभए त त्यो सामान्ने नै हो ।’
उनले आँफुले त्यसबारे इप्रका प्रमुखलाई कुरा गर्ने र त्यस्तो नगर्न सबै जिल्लाका इकाइहरुमा सर्कुरल जारी गर्ने वाचा गरे । लगाएका कपडाकै कारण सर्वसाधारण नागरिकलाई मुल्यांकन गर्ने र रोकटोक गर्न प्रहरीले नमिल्ने उनले बताए ।
इप्रका पुग्दा शाहीको साथमा तुलसीपुरको बसपार्कमा बर्षौंदेखि खसी काट्ने तालाबाँङी मासु पसल संचालन गर्दै आएका मोहन खड्कापनि साथमा थिए । खड्काका १९ बर्षीय छोरालाई तीजको दर खाने दिन राप्ती बबई क्याम्पसको पूर्व तर्फको ग्वार खोलाको पुल नजिकै अर्कौ एउटा मोटरसाइकलले ठक्कर दिएपछि उनको एउटा खुट्टा भाँचिएको थियो ।
हालपनि उनको उपचार जारी छ । लेगगाडले ठक्कर दिदा छोराको खुट्टा भाँचिएको र हाल उपचार जारी रहेको बुवा मोहनले बताए ।
मोटरसाइकलले ठक्कर दिने ब्यक्ति ग्रिल उद्योगमा काम गर्छन । ‘ जे नहुनु थियो भइ गयो, ठक्कर दिने ब्यक्ति पनि हामी जस्तै दुःख गरि खाने ब्यक्ति हुन,’ मोहनले अगाडि भने ‘ कस्लाई पनि अनावश्यक दुःख दिनु हुन्न भन्ने ठानेर मैले नै आँफुहरु जस्ता साँझ बिहान मेहनत गरि खाने ब्यक्तिहरु मिल्नु पर्छ भनेको थिए ।’
त्यसैले दुर्घटना भइ सकेपछि दुबै पक्षबीच आपसी समझदारी भएको खड्काले बताए । उपचार गर्दा लाग्ने सबै खर्च ठक्कर दिने ब्यक्तिले स्वएंम बेहोर्ने सहमति पछि उनीहरु आपसमा मिलेका थिए । सोही सहमति अनुसार प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल लैजान भनेर उनीहरु इप्रका गएका थिए ।
‘तर, हामी पुग्दा गेटमा डिउटीका प्रहरीले हाफ पाइन्ट लगाएर भित्र प्रबेश पाइदैन भन्दै रोकेपछि हामी वाक्क दिक्क भएका थियौं’, खड्काले भने ‘ हामी जस्ता साँझ बिहान काममा जोतिने मानिसले कसरी संधै टाइ सुट लगाइ ठाँटिन संभव हुन्छ ? के प्रश्न प्रशासनका कार्यालय सुकिला मुकिलाहरु मात्रै पुग्ने ठाउँ हो ।’
आँफुहरुले कुनै अश्लिलता प्रदशन नगरेको र संधै लगाउने कपडा लगाएरै गएको हुँदा प्रहरीले आँफुहरुलाई गरिब ठानेर आँफुमाथि बिभेद गरेको उनीहरुले दोषारोपन गरे । कानुन कार्यन्वयन गराउने प्रहरी अधिकारीले नै सुकिला मुकिलाको सेवा वा चाकडी गर्ने हो भने कसरी देशमा गरिब र धनिले समान रुपमा न्याय पाउलान भन्ने आशंका पैदा भएको खड्काले गुनासो गरे ।
थारु समुदाय मा अझै अंगुछा (यानेकि लंगौटी/ भेग्वा) लगाउने चलन र अबस्था छ। के उनिहरु प्रहरी परिसर मा प्रबेश गर्न नपाउने त?