दाङ,असोज ५ । दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
साविक जिल्ला दाङ गंगा परस्पुर( २ हाल गढवा गाउँपालिका(४ बस्ने ३९ वर्षीय वीरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए ।
सर्वोच्च अदालत काठमाडौबाट २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला सुनाएको थियो ।
उनलाई गढवा गाँउपालिका(४ स्थित लुकिछिपि रहेको अवस्थामा पक्राउ गरी बिहीबार दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार