दाङ, वैशाख १७ । तुलसीपुर खानेपानीका पदाधिकारीले धाराको मिटर चोरी गर्दै हिड्ने एकजना व्यक्तिलाई मंगलवार पक्राउ गरेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव मनोज लामिछानेले मिटर चोर्दै गर्दा एकजना युवालाई पक्राउ परेका हुन ।
तुलसीपुर क्षेत्रमा खानेपानी धारामा जडान गरिएका मिटरहरु धमाधम चोरी हुन थालेपछि खानेपानीका पदाधिकारीहरु त्यसका अनुसन्धानमा लागेका थिए । मिटरहरु चोरी गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेको सचिव लामिछानेले जानकारी दिए । ‘पुरानो मिटर पित्तलको हुन्थ्यो र त्यो विग्छ त्यही भएर चोरी गर्दा रहेछन् । तर आजकल आएको नयाँ भने पित्तलको हुँदैन ।
त्यसैले त्यो चोरी हुँदैन,’ लामिछानेले भने। खानेपानीमा दैनिक ८÷१० वटा ग्राहकहरुले मिटर चोरी भएको गुनासो लिएर कार्यालयमा आउन थालेपछि खानेपानी त्यो अनुसन्धानमा लागेको सचिव लामिछानेले बताए । केही दिनमै तुलसीपुर क्षेत्रवाट ४० देखि ५० वटा सम्म मिटरहरु चोरी भएको भन्ने गुनासो कार्यालयमा आएको उनले बताए ।
पक्राउ परेका तीन जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।