दाङ, असोज ४ । राउटे समुदायका मानिसहरु दैलेखबाट दशैं खर्च माग्नका लागि दाङ आइपुगेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बिहीबार दाङस्थित मुख्यमन्त्री कार्यालयमा भेटेर राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्री चौधरीसंग दशैं खर्च माग गरेको हो ।
दशैं नजिक आइ सकेको भन्दै बिर्खेबहादुर शाहीले मुख्यमन्त्री चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीसंग आफ्ना जनतालाई दशैं मनाउने खर्चका लागि दुई लाख दिन आग्रह गरेका थिए ।
शाहीले दशैं आइसको र आफ्ना जनताले बली दिनुका साथै खसीपनि काटेर खाने हुँदा दुई लाख सहयोग गर्न आग्रह गरेका हुन ।
राउटे समुदायको कुरा सुनेपछि मुख्यमन्त्री चौधरीले केही दिन भित्रै केही सहयोग उपलब्ध गराउने बाचा गरेका थिए ।
यसअघिका बर्षहरुमा पनि राउटे समुदायका मानिसहरु दशैं खर्च माग्नका लागि प्रधानमन्त्री लगाएतलाई भेट्दै आएका थिए ।
बिर्खेबहादुर शाहीका अनुसार दलैखमा हाल यो समुदायको ८६ घर परिवार बसोबास गर्दै आएको छ ।
