दाङ, असोज ३ । रोल्पामा एक जना ९२ बर्षीय ब्यक्तिलाई साढे २१ बर्ष जेल सजाएका लागि कारागार पठाइएको छ ।
कतब्र्य ज्यान मुद्दामा साढे २१ बर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका – १ रिठाबोटका ९२ बर्षीय पहले कामीलाई प्रहरीले दुई दिन अगाडि घरबाटै पक्राउ गरेको थियो ।
पक्राउ पछि भदौ १ गते उनलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशलाई तोकिएको काराबास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए । ।
जिल्ला अदालत रोल्पाले २६ बर्ष पहिले २०५४ ÷ १२ ÷ १० गते कतब्र्य ज्यान मुद्दामा कामी बिरुद्ध २१ बर्ष ६ महिना काराबासको सजाय तोकेको थियो ।
अदालतको फैसला पछि कामी फरार रहँदै आएका थिए ।
प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
