तुलसीपुर,असोज ३ । आठौ संविधान दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । तुलसीपुर कारागारमा रहेका कैदीबन्दीका लागि खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख टीकाराम खड्काले कारागारका प्रमुख चिन्तामणि शर्माले सामग्री हस्तान्तरण गरेका हुन । नगरप्रमुख खड्काले भलिबल,नेट,टिटि ¥याकेट,क्रिकेट ब्याट र स्टम हस्तान्तरण गरे । सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख टीकाराम खड्काले कैदीबन्दी तनावमुक्त र स्वस्थ जीवनशैलीका लागि खेलकुदकै सामग्री हस्तान्तरण गरिएको बताए ।
कारगारको अनुगमन समेत गर्दै नगरप्रमुख खड्काले कैदीबन्दीले उत्पादन गरेका वस्तुको बजारीकरण र वस्तु उत्पादनका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरिने बताए । कारागारका प्रमुख चिन्तामणि शर्माले कैदीबन्दीले व्यवसायीकरुपमा खेती गर्नका लागि कारागारभित्र रहेको जग्गालाई व्यवस्थापन गर्न थालिएको बताए ।
कारागारभित्र गलैचा,गुन्द्री,ढाकाटोपी,बाँसका मुडा कैदीबन्दीले बनाउने गरेका छन् । कारागारमा ५०जना महिला र ४८३ पुरुष जना कैदीबन्दी रहेका छन् । संविधान दिवसका अवसरमा रहेका १३ जना एक महिला कैदीबन्दी छुटेको शर्माले बताए ।