२०८० मङ्सिर १६ गते शनिवार

निर्वाचनको पक्षमा छौँ,डराएका छैनौ ः संयुक्त गठबन्धन प्यानल

दाङ, असोज ३ । संयुक्त गठबन्धन प्यानलले दाङ उद्योग बाणिज्य संघको निर्वाचनका लागि निर्वाचन समितिले गरेको निर्णय स्वागत योग्य भएको भन्दै निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण उद्योग व्यवसायीलाई आग्रह गरेको छ ।

समुहले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचनका पक्षमा लाग्न व्यवसायीलाई आग्रह गरेको हो ।

निर्वाचनका क्रममा उम्मेदवारमाथि परेको उजुरी उपरको निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई भएको र निर्वाचन समितिले गरेको निर्णय स्वागत योग्य भएको प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर खत्री ९मानु०ले बताए ।

खत्रीले व्यवसायीक हकहितसँगै उद्योग बाणिज्य संघको गरिमालाई बचाईराख्नका लागि संयुक्त गठबन्धन बनाएर निर्माणमा लागेको बताए ।

‘व्यवसायीक हकहितसँगै सस्थाको गरिमालाई ख्याल गर्दै निर्वाचनका क्रममा आउन सक्ने चुनौतीलाई समाना गर्ने हिम्मत राखेर निर्वाचनमा जुटेका छौ’,अध्यक्ष खत्रीले भने,‘निर्वाचनका क्रममा आउने चुनौतीसँग डराएर भाग्ने पक्षमा छैनौ ।’

साथै अध्यक्ष खत्रीले निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण उद्योग तथा व्यवसायीहरुलाई आग्रह गरेका छन् । समग्र दाङको विकाससँगै उद्योग व्यवसायीहरुको हकहितका लागि भूमिका खेल्ने दाङ उद्योग बाणिज्य संघको निर्वाचनको तयारीमा जुटन नेपाल उद्योग व्यापार संगठनका संयोजक नारादमणि पोख्रेलले बताएका छन् ।

उनले सर्वसहमतिमै उद्योग बाणिज्य संघको नेतृत्व चयनको प्रयास भएको र सहमतिको प्रयास असफल भएकाले निर्वाचनको प्रक्रियामा जानु परेको भन्दै निर्वाचन समितिले गरेको निर्णय आफुहरुलाई मान्य भएको बताए ।

त्यसैगरी व्यवसायी श्याम सुवेदीले उद्योग बाणिज्य संघको निर्वाचनका लागि प्रक्रिया सुरु भैइसकेकाले निर्वाचनको विकल्प खोज्न नहुने बताए ।

‘सहमितिको प्रयास असफल भएपछि हामी टिम बनाएर प्रजातान्त्रिक प्रक्रियामा सहभागी भएका हौ, निर्वाचन समितिको निर्देशन अनुसार अघि बढेका छौ’,उनले भने,‘हामी निर्वाचन समितिको निर्णयलाई सम्मान गर्दै निर्वाचनको तयारीमा जुटेका छौ ।’

उनले रसिदका नाममा देखिएको विवाद,विवादभन्दा पनि डराएर भाग्न खोजेको जस्तो आफुलाई महशुस भएको बताए

यहि असोजको १३ गते हुने दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त गठबन्धन प्यानलबाट बसन्त जोशी अध्यक्षमा उठेका छन् ।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली र कोषाध्यक्षमा जगतप्रसाद आचार्य, सहकोषाध्यक्षमा माधव खनाल, उद्योग सदस्यमा विक्रम रानाको उम्मेदवारी परेको छ ।

त्यसैगरी महिला सदस्यमा लीला नेपाली, बस्तुगत सदस्यमा बिष्णुप्रसाद रिजाल, एसोसिट सदस्यमा युवराज पोख्रेल, खुल्ला सदस्यमा रुद्रबहादुर जैसी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ र सुरज बुढाथोकी रहेका छन् ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *