२०८१ फाल्गुन ६ गते मङ्गलवार

संविधान दिवसको अवसरमा दाङबाट छुटे २२ जना कैदीबन्दी

तुलसीपुर, असोज ३ । संविधान दिवसको अवसरमा दाङबाट २२ जना कैदीबन्दी छुटेका छन ।

तुलसीपुर कारागारबाट १४ र घोराही कारागारबाट ८ जना कैदीबन्दी छुटेका हुन् ।

तुलसीपुरका जेलर चिन्तामणी रेग्मीका अनसार १ जना महिला र अन्य १३ जना पुरुष कैदीबन्दी छुटेका छन ।

उनले कर्तव्य ज्यान, सवारी ज्यान, हातहतियार खरखजना, बहुविवाह र चोरीका गरी १४ जनाको बाँकी कैद मिनाह भएको जानकारी दिए ।

त्यस्तै घोराही कारागारबाट कर्तव्य ज्यानका २ , सवारी ज्यानका २ र चोरी मुद्धाका ४ गरी ८ जना कैदीबन्दी छुटेका छन ।

कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा छोडिएको हो ।

५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *