२०८० असोज १५ गते सोमवार

सुरेश हमालको नेतृत्वमा ‘राप्ती समाज अमेरिका’ गठन


दाङ , असोज २ । अमेरिकामा रहेका नेपालीले ‘राप्ती समाज अमेरिका’को स्थापना गरेका छन ।

नेपालको साबिक राप्ती अंचलका पाँच जिल्लाहरु दाङ, सल्यान, रोल्पा, रुकुम र प्यूठान क्षेत्रवाट प्रतिनिधित्व हुने गरि हरितालिकाको अवसर पारेर ‘राप्ती समाज अमेरिका’को गठन गरिएको हो ।

दाङ तुलसीपुर क्षेत्रमा घइ भइ पछिल्लो सयम अमेरिकामा बस्दै आएका सुरेश हमालको अध्यक्षतामा आइतवार एक विशेष समारोहका बीच ‘राप्ती समाज अमेरिका’को गठनको घोषणा गरिएको हो ।

समाजको उपाध्यक्षमा बिनोद पुन (रुकुम) र उपाध्यक्षमा गोबिन्द चलाउने (सल्यान) , महासचिवमा कृष्ण बुढाथोकी (सल्यान), सचिव दिपक रोका (दाङ), सह–सचिब महेन्द्र घर्ती (रोल्पा), कोषाध्यक्ष नरबहादुर कुसारी (रुकुम), सहकोषाध्यक्ष बिष्णु बन्जाडे (दाड) रहेका छन् ।

समाजको अन्य कार्यसमिति सदस्यहरुमा कर्णबहदुर वली, रमेश वली, शिवराज भुषाल, डम्बरबहादुर केसी, दिपेश घिताल र सन्तोष भण्डारी रहेका छन ।

कार्यसमितिले बलबहादुर केसी (दाङ),कपिल डॉगी (दाङ), बिरबहादुर बुढाथोकी (दाङ) , मनराज देवकोटा (रुकुम), बासु क्षत्री (दाङ) र थलविर वली (रुकुम)लाई सल्लाहकारका रुपमा चयन गरेको छ ।

समाजको प्रबक्ताका रुपमा दाङका भरतकुमार वलीलाई चयन गरिएको छ ।

राप्ती क्षेत्रवाट अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली र आफन्तजन वीच भावनात्मक एकता, सदभाव एवं पारस्पारिक सहयोग आदान प्रदानको लागि समाजको स्थापना अध्यक्ष हमालले जानकारी दिए ।

समाजका छरिएर रहेका आफन्तजनलाई एकतावद्ध बनाउने र एक आपसमा आइपर्ने समस्या समाधानमा समाज कृयाशिल रहने उनले बताएका थिए ।
समाजका अध्यक्ष हमाल राप्ती बबई क्याम्पस तुलसीपुरका पूर्व स्ववियु सभापतिपनि हुन । नेपालमा बस्दा उनी नेपाली काँग्रेसका युवा नेताका रुपमा परिचित थिए ।

अमेरिकाका अन्य राज्यहरुमा रहेका राप्ती क्षेत्रका ब्यक्तिहरुलाई संस्थामा क्रमश संलग्न गराउदै लगिने अध्यक्ष हमालले जानकारी दिए ।

साबिक राप्ती अंचलका बिभिन्न जिल्लामा घर भइ हाल अमेरिकामा बसोवास गर्नेहरुको संख्या २० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

आइतवार हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृति कार्यक्रम गरि रमाइलो गरिएको थियो ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *