तुलसीपुर, असोज १ । तुलसीपुर उपमहानगरपालिका – १० गौरीगाउँका ३६ बर्षीय सिभिल इञ्जिनियर यज्ञबहादुर केसी बैंकिङ कसुरमा पक्राउ पछि कारागार पठाइएका हुन ।
सर्बौच्च अदालतले २०७९ साल माघ ४ गते बैंकिङ कसुर मुद्दामा केसी बिरुद्द साढे १४ लाख जरिवाना फैसला सुनाएको थियो ।
अदालतको फैसला अनुसार केसीले जरिवाना बराबरको बिगो रकम समेत गरि २९ लाख तिर्नु पर्ने छ ।
जिल्ला प्रहरी प्रबक्ता जनकबहादुर मल्लले भदौ ३० गते घोराही उपमहानगरपालिका –१५ स्थित हिलटन होटेलमा लुकिछिपी बस्दै आएका केसीलाई पक्राउ गरिएको जानकारी दिए ।
इञ्जिनियर केसीलाई पक्राउ पछि प्रहरीले भदौ ३१ गते अदालतमा पेश गरेको थियो । अदालतको आदेशले सोही दिन केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता मल्लले जानकारी दिए ।
अदालतलले तोकेको २९ लाख रकम बुझाएमा केसी जेल मुक्त हुने छन् ।
प्रकाशित मिति : २०८० असोज १ गते सोमवार