२०८० असोज १५ गते सोमवार

आज सन्दीपको मुद्दामा अन्तिम बहस हुदैँ

काठमाडौं,असोज १ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस सोमबार हुँदै छ। यसअघि पटक(पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन।

यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादीपक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्।

स्रोतका अनुसार उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ। सम्भवतस् आजबाट अन्तिम बहस हुनसक्ने छ। तर न्यायाधीशहरूले पुरानै कागजात प्रमाणीकरणमा निरन्तर अन्तिम सुनुवाइ टार्दै आइरहेका छन्।

सन्दीपको मुद्दालाई चाँडो किनारा लगाउन सर्वोच्चले १५ फागुनमा नै निर्देशात्मक आदेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको पाँच महिना बितिसक्दा पनि मुद्दाले किनारा पाउन सकेको छैन।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *