२०८० मङ्सिर १७ गते आइतवार

तुलसीपुरमा फोर्स गाडीले अटाेरिक्सालाई ठक्कर दिदा ७ जना घाइते


तुलसीपुर,भदौ ३१ । तुलसीपुरमा फोर्स गाडीले अटाेरिक्सालाई ठक्कर दिदा ७ जना घाइते भएका छन।


शनिबार बिहान ९:३० बजे नेपालगन्जबाट रुकुम तर्फ जादै गरेको लु २ ख ५९१८ नं. को फोर्स गाडीले डोक्रेनाबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ४४५९ नं. को अटोलाई तुलसीपुरको स्टार बोर्डिङ चोकमा ठक्कर दिदा अटोमा सवार ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उक्त दुर्घटनामा अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा न ६ गोलौरा बस्ने बर्ष ५७ का तिल बहादुर कार्की घाइते भएका छन । उनलाई टाउँको र अनुहारमा चोट लागेको छ ।

त्यस्तै अटोमा सवार तुलसीपुर उपमहानगरपालिका वडा न १६ डोक्रेना बस्ने लोक बहादुर बस्नेतको छोरी बर्ष ११ कि बर्षा बस्नेत, निजको बहिनी बर्ष ६ कि श्रृष्टी बस्नेत,सोही ठाउ निवासी बर्ष १३ को दामोदर भण्डारी, प्रकाश डाँगीको छोरी बर्ष १८ कि अन्जु डाँगी घाइते भएका छ्न ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रहरी नायक निरीक्षक महेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको ४ जनाको टोलीले दुबै सवारी साधन ट्राफिकको नियन्त्रणमा लिइसकेको छ ।

ठक्कर दिने गाडी चालक फरार रहेको र त्यसको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *