२०८३ असार २९ गते सोमवार

दाङका तीन पालिकामा अट्वारीको अवसरमा सार्वजनिक विदा

दाङ ,भदौ २९ । दाङका तीन पालिकाहरुले थारु समुदायको महान पर्व अट्वारीको अवसरमा भदौ ३१ गते सार्वजनिक विदा दिएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र राप्ती गाउँपालिकाले अट्वारी पर्वको अवसरमा भदौ ३१ गते सार्वजनिक विदा दिएका हुन् ।

ति पालिकाहरुले थारु समुदायको बड्का अट्वारीको अवसरमा पालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको सूचना जारी गर्दै जानकारी दिएका हुन् ।

यसअघि लुम्बिनी प्रदेश सरकारले पनि विज्ञेप्ती निकालेर थारु समुदायको बसोबास रहेको दाङसहित बाँके बर्दियामा अट्वारी पर्वको अवसरमा थारु समुदायलाई विदा दिएको छ ।

आउँदो आईतबार पश्चिम नेपालका थारु समुदायले अट्वारी पर्व मनाउँदै छन् ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *