दाङ, भदौ २९ । घोराहीमा मदिराले मातेका छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । हत्या आरोपित छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
मदिरा सेवन गरि मातेका जिल्लाको घोराही उपमहानगरपालिका – ५ दलजितपुरका २८ बर्षीय सन्तोष केसीले ५१ वर्षीय बुवा प्रेमबहादुर केसीलाई बिहीबार राति नौं बजेतिर निर्घात कुटपिट गरेका थिए ।
गम्भीर घाइते प्रेमबहादुरलाई घटना पछि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।
घोराहीमा उपचार संभव नभएपछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार प्रेमबहादुरको शुक्रबार बिहान तीन बजे उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो ।
बुवालाई निर्घात कुटपिट गर्ने छोरा सन्तोषलाई भने प्रहरीले बिहीबार राति नै पक्राउ गरेको थियो ।
मदिरा सेवन गरेका छोरा सन्तोषले बुवाको मुख हेर्ने दिन बिहीबार राति नौ बजेतिर घरमा गइ बुवा प्रेमबहादुरलाई लात्ता र मुक्काले कुटपिट गरि सक्त घाइते तुल्याएका थिए ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले एसपी केसीले जानकारी दिए ।
