२०८३ असार २९ गते सोमवार

अमिलियामा सुविधा सम्पन्न मानसरोवर होटेल सन्चालनमा


श्रीराम दहित,अमिलिया,भदौ २८ । पुर्व-पश्चिम महेन्द्रराजमार्ग स्थित लमही – ९ चाँदनिचोक अमिलिया दाङमा सुविधा सम्पन्न होटेल मानसरोवर संचालनमा आएको छ ।

होटल मानसरोवर वैदिक संस्कार अनुसार कर्मकाण्ड तथा सन्त निरंकारि मण्डल नेपालका प्रमुख श्री देवराज रिमालले सत्संग प्रवचन आशिर्वचन प्रदान गरि वैदिक उद्घाटन गरेका हुन ।

उक्त समारोहमा प्रमुख अतिथि रिमालले “व्यावसाय बहाना हो शान्ति जनजनमा पुर्याउनु मुख्य चाहना हो “भन्दै सत्संग प्रवचनद्वारा आमन्त्रित अतिथि हरु विच विचार राखेका थिए ।

पुर्व-पश्चिम राजमार्गको कोहलपुर देखि लमही तथा चाँदनिचोक देखि तुलसीपुर नपुगे सम्म यात्रु हरुले चाहे अनुसारको आवसिय शाकाहारि तथा मांसहारि सेवा भएको होटल अभावको महसुस गर्दै शान्तिको सन्देश प्रवाह संगै सेवा थालेको निरंकारि भक्त तथा संचालक श्री दिन बहादुर जिसिले बताए।

अहिलेसम्म करिब ३५ लाख लगानी गरिएको होटल मानसरोवरमा ग्राहक महानुभावहरुको चाहना बमोजिम साहाकारी , मांसहारि भोजन वातानुकुलिन सयन तथा सभा कक्ष आधुनिक संचार उपकरण सुरक्षा द्वारा सेवा प्रवाह गरिने संचालक जिसिको भनाइ रहेको छ।

वैदिक परम्परा संस्कार अनुसार उद्घाटन समारोह आज गरिएको छ भने ग्राहक हरुलाई असोज ६ गतेदेखि नियमित सेवा प्रदान गरिने संचालक जिसिले जानकारी दिए ।

बहुउद्देश्यीय सुविधा सम्पन्न वातानुकुलिन सभा कक्ष सहितको सुविधा सम्पन्न होटल संचालनमा आउँदा स्थानीय किसानहरुको व्यावसायिक स्तरोन्नति प्राकृतिक पुरातात्त्विक स्थल अध्यन बाँके निकुञ्ज अवलोकन राप्ती नदिमा जलयात्रा लगायतका सम्भावना प्रबर्द्धनमा होटल मानसरोवर हुने स्थानीय हरुको भनाइ रहेको छ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *