२०८१ कार्तिक १९ गते सोमवार

लेखक तथा पत्रकार पराजुलीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ ,भदौ २७ । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

पराजुलीको मंगलबार अपराह्न अन्त्येष्टि गरिएको हो।

निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको थियो।

साहित्यकार पराजुली कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाउँथे। उनले केही समयअघि मात्रै कथासंग्रह ‘जन्तरमन्तर’ प्रकाशित गरेका थिए।

उनका ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प यात्रा’लगायत कृति प्रकाशित छन्।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *