२०८३ जेष्ठ १५ गते शुक्रवार

रोजगारीका लागि भारत गएका रुकुम पश्चिमका दुई नेपालीको दुर्घटनामा मृत्यु


दाङ,भदौ २६ । भारतको हिमाञ्चल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ।

रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो।

तीन जना घाइते भएका छन्। घाइते हुनेमा आठबीसकोट-११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए।

घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन्। कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ। उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए।

उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाञ्चल गएको बताइएको छ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *