दाङ,भदौ २६ । बाँके प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।
नेपालगंज उपमहानगरपालिका – १५ जमुनाह चेकपोस्ट र लागू औषध नियन्त्रण व्युरोको संयुक्त टोलीले सोमबार चेकपोस्टमा चेकजाँच गर्दा ५० ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।
जिल्ला प्रहरी बाँकेका प्रवक्ता डागीका अनुसार पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका ११ का २५ वर्षीय संजय नेपाली रहेका छन।
पक्राउ परेका नेपालीलाई लागू औषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
