२०८३ असार ३० गते मङ्गलवार

२६ लाख रकमसहित पक्राउ परेका कर अधिकृतलाई अख्तियार पठाइयो

बाँके, भदौ २५ । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख नगदसहित एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरी अख्तियारको जिम्मा लगाइएको छ ।

प्रहरीले आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटाका साथबाट सो रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

नेपालगञ्जबाट काठमाडौँ जाने क्रममा रहेका कर अधिकृत सापकोटालाई विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनको झोलामा स्रोत नखुलेको ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डाँगीले बताए ।

थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सापकोटा बाट १ हजार दरका २६ वटा बन्डल परिचय पत्र, हवाई टिकट, बोडिङ पास एटिएम कार्ड समेत बरामद गरेको छ ।

नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सापकोटा बिहान ८ः४५ बजेको श्रीएयरको उडानमार्फत काठमाडौँ जाँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् । प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *