२०८१ बैशाख १३ गते बिहिवार

हात्तिखौवा वस दुर्घटनाको कारण १० बर्षे बालक


दाङ, वैशाख १६ । आइतवार दिउँसो पौने २ बजेतिर तुलसीपुरमा भएको एउटा बस दुर्घटनाले धेरैलाई आश्चर्यमा पा¥यो । १० जना घाइते हुने गरि भएको उक्त दुर्घटना वारे धेरैले आ–आफ्नै अनुमान प्रस्तुत गरिरहेका थिए । तर चालक त्यहाँ थिएनन् । फरार थिए । त्यसैले दुर्घटनाको बास्तविक कारण पत्ता लागेको थिएन । तैपनि दुर्घटना स्थल पुगेका धेरैको मुखवाट यही शब्द निस्किएको थियो ‘यस्तो सजिलो बाटोमा कसरी बस दुर्घटना भयो?, चालक के गर्दै थियो, सोझै बाटो हुँदा हुँदै किन चालकले बस बाँया मोडेर खाल्डोमा हाले ।’ आदी इत्यादी …

सरल र सोझो बाटोमा दिन दाहाडै तुलसीपुरको बजार क्षेत्रमै बस दुर्घटना हुनुेको रहस्य भने सबैले कल्पना गरेको भन्दा फरक रहेको रहस्य पत्ता लागेको छ । चल्ती गाडिमा अगाडि बोनटमा बसेका १० बर्षे बालक एक्कासी लडेर स्टेरिङमा पर्नु । जसले गर्दा चालकले गाडिलाई सही दिशा दिने सकेनन् । ती बालककै कारण सिधा बाटोमा गुडिरहेको बस एक्कासी बाँया मोडिएर ६ मिटर तल चिरोमा खस्न पुग्यो ।

दुर्घटना लगतै फरार रहेका चालक टिकाराम वली बेलुका मात्रै प्रहरीको सम्पर्कका आए । उनैले प्रहरी सक्षम सोमवार दिएको बयान हो यो । चालक वलीका अनुसार तुलसीपुर बाट तुलसीपुर बाट बिराटनगर तर्फ जाँदै गरेको ना ५ ख २२३४ नम्वरको यात्रु बहाक बसमा सवार मध्य एकजना यात्रु (अगाडि बोनटमा बसेका) दाङको बबई गाउँपालिका वडा नं. ५ निवासी १० बर्षीय बालक अजुर्न विक ब्रेक लगाउँदा एक्कासी स्टेरिङमा छिरे । यसको पछाडि पनि कारण भने छ । चालकले फोर लेन सडकमा गाडि तीव्र गतिमै कुदाएर ल्याएका थिए । त्यसपछि कलभर्ट थियो । एउटा मात्रै गाडि पास हुने । तर पूर्वतर्फ वाट एउटा कालो रंगको स्पिलिण्डर बाइक तीव्र गतिमा आइरहेको थियो ।

ती मोटरसाईकल चालकलाई जोगाउनका लागि भएपनि बसले ब्रेक लगाउनु अनिवार्य थियो । फोरलेन सडकमा गतीमा गुडिरहेको बसमा एक्कासी ब्रेक लगाउँदा यहाँ न्यूटनको चाल सम्वन्धि नियमले काम ग¥यो । ब्रेक लगाउँदा बालक हुत्तिएर स्टेरिङमा लडे । त्यसपछि चालकले गाडिलाई सही दिशा दिन सकेनन् । ब्रेक लगाएको भएपनि तीनै बालककै कारण बस सिधा बाटोबाट मोडिएर हात्तिखौवाको चिरोमा खस्यो ।

चालकले प्रहरी समक्ष यही बयान गरेका छन् । बुनटमा बस्ने महिला र बालबालिकाका कारण यस्ता धेरै दुर्घटनाहरु भएका उदाहरणहरु छन् । सहर बजार भन्दापनि ग्रामिण भेग र पहाडी जिल्लाहरुमा चल्ने सावरी साधनमा यो समस्या अझैं धेरै छ । त्यसकारण यस्ता समस्याहरु बाट जोगिन चालक समयमै सजग हुन जरुरी छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *