२०८१ असोज २५ गते शुक्रवार

गाउँमा पुगेर जनताका समस्या सुन्दै मन्त्री मास्की

तुलसीपुर, भदौ २४ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की गाउँ–गाउँमा पुगेर जनताका समस्या हुने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पुगेर त्यहाँका हरेक समस्या बुझ्ने गरेका छन् ।

माओवादी केन्द्रको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत मास्की गाउँमा पुगेर समस्या सुन्ने र समाधान तर्फ ध्यान दिने गरेका छन् ।

शनिबार शान्तिनगर गाउँपालिका वडा नं.५ र ६ का जनता, पार्टी नेता,कार्यकर्ता तथा शहीद परिवारसंग भेटघाट गरेर उनीहरुका समस्या सुनेका हुन् । त्यस्तै सोही दिन दंगीशरण गाउँपालिका वडा नं।१ को गोल्टाकुरीमा त्यहाँका जनताका समस्या सुन्नुकासाथै १० जनालाई पार्टी प्रवेश पनि गराएका छन् ।

आफूले प्रदेश सरकारको अर्थमन्त्री हुदाँ पश्चिम क्षेत्रमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको भन्दै त्यसमा सहयोग गर्न सबैमा अपिल गरे । पश्चिम दाङलाई कर्णाली नभई समृद्ध दाङ बनाउने भन्दै त्यसमा पश्चिम दाङका जनतालाई साथ दिन अपिल समेत गरे । त्यस्तै तुलसीपुर १० मा पनि पुगेर त्यहाँ आफूले ल्याएका विकासे योजना र जनताका समस्या सुनेका थिए ।

त्यस अवसरमा पश्चिम दाङमा आएको बजेट कार्यान्वयन गरि विसकित पश्चिम दाङ बनाउन सुझाब दिएका थिए । दाङ ३(२) बाट निर्वाचित मास्कीले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाटलाई तिब्रता दिएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *