२०८१ भाद्र २५ गते मङ्गलवार

तुलसीपुरमा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगीता सुरु

यमकला भुसाल,
तुलसीपुर, बैशाख १५। पुर्व सासंद बुद्धिराम भण्डारीले खेल नै स्वास्थ्यको धन भएको बताएका छन । “राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद”भन्ने मुल नाराका साथ आइतवार देखि तुलसीपुरमा सुरु भएको प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगीता कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । खेल नै स्वास्थ्यको धन हो,स्वास्थ्यका लागी खेल आवश्यक छ,उनले भने ।

उनले मानिसको आयु बढाउन पनि खेल महत्वपुर्ण भएको बताए । फरक प्रसंगमा बोल्दै भण्डारीले एसियाकै सबैभन्दा ठुलो जिल्ला दाङ भएको भए पनि विकासले भने गति लिन नसकेको बताए । दाङमा सुन छ तर कालिगढको अभाव छ,अब हामी कालिगढ बनेर विकास गर्नुपर्छ उनले भने । दाङलाई राजधानीका बिषयमा राज्यले ठगेको भन्दै भण्डारीले अब सबै मिलेर जिल्लाको विकासमा जुट्नुपर्ने उनको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका खेल सयोजंक तथा कार्यपालिका सदस्य अमर नेपालीले खेललाई मनोरञ्जनको माध्यममा मात्र नलिइ बेरोजगार युवाहरुलाइृ रोजगारी दिलाउने उद्देश्यले जिल्लामा खेलका सुरुवात गरिएको बताए । उनले जबसम्म खेलको विकास हुदै तबसम्म कुनै विकास सम्भब नभएको बताए । जिल्लालाई खेलकुदमय बनाउन विभिन्न ठाउमा रगंशाला निमार्ण गर्न लागेको समेत उनले बताए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं २ का अध्यक्ष राजु आचार्य,कार्यपालिका सदस्य दिपक कुमाल,रिपोर्टस क्लव प्रदेश ५ सयोजंक सरद रेग्मी लगाएतले हरेक व्यक्तीको स्वास्थ्यमा टेवा पु¥याउने माध्यम खेल भएको बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का सदस्य तथा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगीताका सयोजंक रामबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *