दाङ,भदौ २२ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार राती लमही नगरपालिका–२ श्री गाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ वर्षीय दिलबहादुर चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंखर श्रेष्ठले जानकारी दिए ।
हावाहुरीले बाटोको छिउँमा रहेको मसलाको रुख डाल्दा बिजुलीको तार चुँडिएर सडकमा लत्रिएको विद्युतको तारले करेन्ट लाग्दा मृत्यु भएको प्रहरीको भनाई छ ।
चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोष्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।
प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
