काठमाडौं,भदौ २२ । निजामती सेवा दिवस विविध कार्यक्रमसाथ मनाइँदैछ । सरकारले २०६२ सालदेखि हरेक वर्षको भदौ २२ गते यो दिवस मनाउँदै आएको छ ।
तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । तर, नियमित दिवस मनाउने प्रचलन पछिल्लो समयमा मात्र भयो ।
निजामती दिवसका दिन सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत, सेवानिवृत्तलाई सम्मानसमेत गर्दै आएको छ । जसअनुसार यो वर्ष ४० जना कर्मचारी पुरस्कृत हुँदैछन् ।
हिजोमात्र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सदनमा पेश गर्ने क्याविनेटले निर्णय गरेको छ ।
प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
