काठमाडौं, भदौ १९ । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुमन खरेललाई मंगलबार कपिलवस्तुबाट पक्राउ गरेको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
योसँगै ६० किलो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।
गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
