२०७७ कार्तिक ११ गते मङ्गलवार

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

वैशाख १५ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बार्सिलोनाले लेभान्टेलाई पराजित गरेर उपाधि जितेको हो ।

शनिबार राति भएको खेलमा लेभान्टेलाई १-० गोलको जित निकालेसँगै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गरेको थियो । खेलको ६२औं मिनेटमा मेस्सीले गोल गरे थिए ।

 

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *