२०८० मङ्सिर २३ गते शनिवार

मावि तुलसीपुर सेन्टरमा एनआइसि एशिया बैंकको एटिएम मेसिन सञ्चालनमा

तुलसीपुर,भदौ १९ । तुलसीपुर स्थित मावि तुलसीपुर सेन्टरमा एनआइसि एशिया बैंकको एटिएम मेसिन सञ्चालनमा आएको छ ।

मंगलवार एक कार्यक्रमका बिच मावि तुलसीपुर सेन्टरका संस्थापक अध्यक्ष नारायण प्रसाद रजौरेले रिवन काटेर उक्त एटिएम मेसिनको उद्घाटन गरेका हुन ।

विद्यालयका शिक्षक,कर्मचारी,विद्यार्थी र विद्यालय नजिकै रहेको तरकारी मण्डीका व्यवसायीहरुको सहजताका लागि एटिएम सेवा सञ्चालनमा ल्याइएको विद्यालयका प्रध्यानाध्यापक भागवत पौडेलले जानकारी दिए ।

उनले दाङ जिल्लाका सामुदायीक विद्यालयहरु मध्य मावि सेन्टरले पहिलो पटक विद्यालयमा एनआइसिको एटिएम सेवा सुचारु गरेको दावी गरे । उनले आगामी दिनमा विद्यालय कम्पाउण्ड भित्रै बैंको काउन्टर राख्ने योजनामा रहेको समेत बताए ।


मावि तुलसीपुर सेन्टरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लेखतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एनआइसि एशिया बैंकका म्यानेजर राजिव वलिले मावि सेन्टरले शिक्षक तथा विद्यार्थीहरुको सहजताका विद्यालय परिसर भित्रै एटिएम सेवा सुचारु गर्नु आफैमा महत्वपुर्ण र नौलो कार्य भएको बताए ।

उनले विद्यालयसगं सहकार्य गर्दै छिटो र सरल तरिकाले बैंकिङ् सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।


उक्त कार्यत्रmमको सहजीकरण विद्यालयका शिक्षक भोला पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *