२०८० मङ्सिर १६ गते शनिवार

गाइडहर सर्ने भयो यातायात ब्यबस्था कार्यालय

तुलसीपुर, भदौ १९ । लुम्बिनी प्रदेश सरकारले यातायात कार्यालय गाइडरमा सार्ने निर्णय गरेको छ ।


सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्यालय सार्ने निर्णय गरेको हो । यो निर्णय संगै अब दाङको तुलसीपुरमा रहेको यातायात कार्यालय तुलसीपुर उपमहानगरपालिका वडा नं ६ गाइडहरमा सर्ने भएको छ ।

गाइडरमा रहेको सामाजिक विकास डिभिजन कार्यालयलाई भने शिक्षा तालिम केन्द्र तुलसीपुर -१२ कपडादेवीमा सर्ने भएको हो ।

स्थापना कालदेखि हालसम्म यातायात ब्यबस्था कार्यालय भाडामा बस्दै आएको थियो । यो निर्णय संगै अब मासिक झन्डै ८० हजार भाडा तिर्नुपर्ने तनाबबाट कार्यालय मुक्त भएको छ ।


तुलसीपुरका मेयर टीकाराम खड्का र केही नेकपा एमालेका नेताहरुले यातायात कार्यालय बिजौरीमा सार्ने चलखेल गरि रहेको थाहाँ पाएपछि मुख्य मन्त्री चौधरीले कार्यालय बाहिर सार्न बाट रोकेका हुन ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *