२०८० मङ्सिर १७ गते आइतवार

चट्याङ लागेर अर्घाखाँचीमा एक युवकको मृत्यु


अर्घाखाँची,भदौ १९ । अर्घाखाँचीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

सोमबार दिउसो मालारानी गाउँपालिका वडा न. ९ को सेपानीस्थित एक घरमा चयाट्ङ्ग लाग्दा स्थानीय २० वर्षिय मिलन खनालको मृत्यु भएको हो भने थप ४ जना घाईते भएका छन् ।

खनालको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सूचना अधिकारी प्रहरी निरिक्षक बिक्रम रिजालले जानकारी दिए । रिजालका अनुसार घटनामा २० बर्षिय दामोदर खनाल, २५ बर्षिय जेम बहादुर पुन, २२ बर्षिय चन्द्र बहादुर पुन, २५ बर्षिय लिल बहादुर पुन गरी ४ जना गम्भीर घाइते भएको छन् ।

घाइते चारै जनालाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *